नेपाली होटल व्यवसायी संघको १२औं महाधिवेशन भदौ ४ मा हुने

लोकपथ
130
Shares

काठमाडौं । नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशन आगामी भदौ ४ गते हुने भएको छ ।
बसुन्धरामा रहेको दियालो फुडल्याण्डमा हुने साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमितिको समेत चयन गर्ने छ ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको नेपाली होटल व्यवसायी संघमा ३५० भन्दा बढी व्यवसायीहरुको आबद्धता रहेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे अधिवेशनमा प्रमुख आतिथ्यतिको रुपमा आउने संघले जानकारी दिएकाे छ ।

आफ्नो कार्यकालमा होटल व्यवसायीहरुको क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएको दावी गर्दै संघका अध्यक्ष उमेश सुवेदीले नयाँ टिमलाई कार्यभार सुम्पिएर आफू सहयोगीको भूमीकामा रहने बताएका छन् ।

संघका महासचिव गणेश ढकालका अनुसार अहिलेसम्म २५० जनाभन्दा बढी व्यवसायीहरुले नविकरण गरिसकेका छन् भने साधारणसभासम्म ३५० भन्दाबढीले नविकरण गर्ने बताए । साथै सर्वसम्मतीमा अध्यक्षको चयन नभएमा अध्यक्ष पदको लागि आफ्नो पनि उम्मेदवारी हुने उनले बताएका छन् । उनको भनाइमा धेरै होटल व्यवसायीहरुको पनि एकमत रहेको छ ।

त्यस्तै संघका निवर्तमान अध्यक्ष अमर बहादुर दाहाल, पूर्वअध्यक्ष शेरबहादुर थापा, वरिष्ठ उपाध्यक्ष जितबहादुर गिरी, कोषाध्यक्ष काजी बहादुर कटुवालले व्यवसायीहरुको हकहितका लागि काम गर्न सक्ने नेतृत्वको चयन गर्नुपर्ने र संस्थालाई आफूहरुकाे निरन्तर  सहयोग रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?