काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेर डा. भट्टराईले प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् ।
भेटघाटका क्रममा डा. भट्टराईले चुनावी गठबनधनका विषयमा छलफल गरेको उनका प्रेस सल्लाहकार रोशन पोखरेलले लोकपथलाई जानकारी दिए ।
‘केहीबेरअघि डा. भट्टराईले प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको हो । भेटको क्रममा चुनावी तालमेलको विषयमा छलफल भएको थियो ।’ उनले भने ।
जसपासँग छुट्टिएर डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । नयाँ पार्टीबाट काम कारबाही गरिरहेका भट्टराइले चुनावी गठबन्धनका लागि अन्य नेताहरुसँग समेत छलफल गरिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया