मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)

लोकपथ
168
Shares
टुडिखेलमा सिमसार ठाँउ खोज्न आएका बुकुल्ला ।

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ ।

जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ ।

मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ । अरु बेला धुवाँ र धुलोले
हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ ।

प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ । प्रकृतिको छटामा एकटक नियाल्न मनलाग्छ अनि त्यसमै हराउन । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण
जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ ।

प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काकोसाथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र शतर्कता अपनाइ प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ । अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ ।

साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई
त्यत्तिकै प्रेम गर्नेछ । आजको फोटोकथामा काठमाडौं उपत्यकामा मानिस र प्रकृतिसँग र प्रकृति मानिससँगै रमाइरहेका दृश्यलाई कैद गरेका छौँ ।

हेर्नुहोस् तस्बिर : 

छम्पीमा प्लाष्टिक ओडेर धान गोड्दै महिलाहरु ।
ललितपुरको डुकुछापमा लगाइएको वर्षे धानखेती ।
ललितपुरको दलचोकी जंगलमा ढाकिएको वादल ।

 

गोदावरी पार्कमा झरि परेपछि ।
बग्दै गरेको नख्खु खोला ।
झरिपछि बढेको वागमती ।
सिनामंगलबाट आकाशमा देखिएको कालो बादल ।
क्षितिजबाट बर्षेको मुसलधारे झरि ।
बानेश्वरमा झरि परेपछि ।
धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?