नुवाकोट केन्द्रबिन्दु भएर ५.३ रिक्टरस्केलको भूकम्प

लोकपथ
196
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बेलकोटगढी केन्द्रबिन्दु भएर शनिबार बिहान ५ बजेर २६ मिनेटमा सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको उपत्यकासहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा भूकम्पको महसुश भएको बताइएको छ ।

गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ सालको भूकम्पपछि कैयनपटक भूकम्प गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?