मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

लोकपथ
630
Shares

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मिति तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोकेको हो । यसअघि हिजो (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारामा बसेको सत्ता गठबन्धनको बैठकमा निर्वाचनको मिति घोषणा गर्नेबारे सहमति जुटेको थियो ।

निर्वाचन आयोगले गत असार २२ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’ मा गर्नेगरी सरकारसमक्ष आगामी मंसिर २ गतेका लागि मिति प्रस्ताव गरेको थियो ।

आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।

यसअघि आयोगले निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भन्दै आयोगका तर्फबाट प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएको थियो ।

सरकारले यसअघि गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?