काभ्रेस्थली घटना अपडेट : चारै जनाको चक्कु प्रहार गरि हत्या, घटनास्थल पुग्यो प्रहरी

लोकपथ
399
Shares
Crime scene do not cross tape.

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको हत्या भएको पुष्टि भएको छ ।

सोमबार बिहान एकै परिवारका मृत भेटिएका ४ जनाको हत्या भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, उनकी छोरी १३ वर्षीय आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे रहेका छन् ।

उनीहरुमाथि चक्कु प्रहार गरेर हत्या गरेको उनले बताए ।

सोमबार दिउँसो स्थानीयले खबर गरेसँगै घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा रहेका एक स्थानीयका अनुसार गोरखा घास्राङ घर भइ सोही स्थानमा पसल गरि दिनेशको परिवार बस्दै आएको थियो । दिनेशले परिवारको हत्या गरेर आफूले पनि आत्महत्या गरेको आशंका गरिएको ती स्थानीयले बताए ।

यो पनि

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?