यी हुन मंकीपक्सका लक्षण, कसरी बच्ने ?

लोकपथ
182
Shares

काठमाडौं । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको केही समय नबित्दै अहिले भारतसहित विश्वका ७८ देशमा मंकीपक्सको संक्रमण फैलिरहेको छ ।

हालसम्म विश्वभर मंकीपक्सका १८ हजारभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्।

छिमेकी मुलुक भारतमा पनि मंकीपक्सका बिरामी भेटिएका छन् । समयमै रोकथाम र सतर्कता नअपनाउदा कोरोना संक्रमणले नेपाल लगायत विश्वका अधिकंस देशहरुमा ठूलो क्षति निम्त्याएको थियो । मंकीपक्सको बारेमा धेरै मानिसहरूलाई  थाहा छैन। संक्रमणबारे जानकारी, यसको लक्षण, रोकथाम र उपचारका उपायहरू थाहाँ पाएर मात्र यो रोगबाट बच्न सकिन्छ।

मंकीपक्स कोरोना जस्तै फैलिन सक्छ तर यो करोना जस्तो घातक भने छैन। मंकीपक्सको लक्षण देखिएमा नआत्तिन विश्व स्वास्थ्य संगठनले सुझाएको छ । लक्षणबाट मंकीपक्सको अवस्था बुझेर उपचार गर्न सकिन्छ ।

लक्षण 

  • ज्वरो आउनु
  • टाउको दुख्ने
  • शरीर दुख्ने
  • कमजोरी महशुस हुने

 कति दिनसम्म रहन्छ लक्षण ?

विश्व स्वास्थ्य संगठनका अनुसार ६ देखि १३ दिनभित्रमा मंकीपक्सका लक्षणहरू देखिन थाल्छन् । यद्यपि कहिलेकाहीँ ५ देखि २१ दिनसम्म देखिन सक्छ। संक्रमित भएमा ५ दिनभित्र ज्वरो आउने, टाउको दुख्ने, थकान र ढाड दुख्ने जस्ता लक्षण देखिन्छन् । ज्वरो आएको तीन दिनभित्रै छालामा दाग देखिन थाल्छ ।

लक्षण देखा परे के गर्ने ? 

  • संक्रमणबाट बच्नको लागि, आफैलाई अरुको सम्पर्कमा नल्याउनुहोस्।
  • तुरुन्तै डाक्टरसँग भेट्नुहोस्
  • यस अवधिमा संक्रमितको सम्पर्कमा आएकालाई पनि निगरानी गरी सचेत रहन सल्लाह दिनुहोस् ।

चेचक की दवा करेंगी मंकीपाॅक्स पर असर

 उपचार

हालसम्म मंकीपक्सको विशेष औषधि पत्ता लागेको छैन। तर, डब्लुएचओका अनुसार मंकीपक्सका संक्रमितलाई एन्टिभाइरल औषधि दिन सकिन्छ। मंकीपक्सको उपचार गर्दा चिकित्सकको प्राथमिकता लक्षणहरू कम गर्नु हो।

साथै यी कुरामा पनि ध्यानदिन आवश्यक छ

  • मंकीपक्सबाट संक्रमित हुँदा शरीरलाई हाइड्रेटेड राख्नुहोस्।
  • पानीको कमी नहोस् भनेर प्रशस्त पानी पिउनुहोस्।
  • शरीरमा पोषणको कमी हुन नदिन पौष्टिक खाना खाने गर्नुहोस् ।

स्रोत : विश्व स्वास्थ्य संगठन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?