काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
आगामी निर्वाचन, पार्टीको पदाधिकारी चयनसहित सरकारमा माओवादी केन्द्रबाट अर्थमन्त्री पठाउने लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।
बजेट निर्माणका क्रममा बाह्य मान्छेहरु अर्थमन्त्रालयमा प्रवेश गराएको भन्ने आरोपपछि माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले राजीनामा दिएका थिए । त्यसयता प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका छन् ।
त्यससँगै माओवादी केन्द्रले अर्थमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा समेत छलफल गर्न लागेको हो ।
त्यसैगरी गत पुसमा सम्पन्न महाधिवेशनपछि बाँकी रहेको पदाधिकारी चयनका विषयमा समेत छलफल हुने बताइएको छ ।
बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया