काठमाडौं । स्थानीय बासिन्दाले सिसडोल र बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी स्थानीयले भदौ १ देखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका हुन्।
सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै उपत्यकाको फोहोरमैला फाल्न नदिने बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।
गत जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको भन्दै स्थानीयआक्रोशितसमेत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया