जनार्दन शर्मामाथिको छानबिन सकियाे, अब प्रतिवेदन लेखिने

लोकपथ
273
Shares

काठमाडाैं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो सोधपुछ र छानबिन सकेको छ ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अब सोधपुछ र छानबिनका आाधारमा प्रतिवेदन लेख्ने छ ।

सिसिटिभीमा फुटेजबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए/नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनको तयारीमा लागेको हो।

आर्थिक वर्ष २०७९९८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?