काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निर्न्तर उकालो लागेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ८ सय जना परीक्षण गर्दा ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।
बितेको २४ घण्टामा देशभरबाट थप ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै दैनिक कोरोना संक्रमण बढेसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ३४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया