काठमाडौं । अवैध मुगा कारोबारी गर्दै आइरहेका विदेशी नगरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटेका विशेष टोलीले काठमाडौं महागरपालिका वडा नं. २६ ठमेल स्थित होटल काठमाडौं इकोमा रहेको कोठा नं. १०५ मा बस्दै आएका एमन नागरिक अल आश्री मोहम्मी याह्या याह्याले अवैध रुपमा मुगाको कारोबार गरिरहेका बेला आइतबार पक्राउ गरेको हो ।
उनीसँगै पक्राउ पर्नेमा मुगु जिल्ला घर भई हाल काठमाडौं बौद्ध बस्ने ५१ वर्षका ग्याल्पु तामाङ र जुम्ला जिल्ला सिजा गाउपालिकाका ३० वर्षीय नबिन चौलागाई पनि पक्राउ परेका हुन् ।
पक्राउ परेका एमन कागरीका साथबाट मुगा र ५२ सय अमेरिकन डलर, १४ हजार यमन मुद्रा, ७ सय ५० इजिप्टको मुद्रा, चाइनिज मुद्रा ४ सय ९३, थाईल्याण्ड मुद्रा २ सय ६०, ओमन र कतार रियाल २८, सुडानको २० दरको स्विस पाउण्ड एक थान र ओमनको तीन सय वैशा (३ थान) विदेशी मुद्रा समेत बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै ग्याल्पु तामाङको साथबाट कालो रंगको ४६ थान मुगा र खैरो रंगको तीन थान छवाङ्ग समेत बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौवाट थप अनुसन्धान गरी थप कारबाहीका लागि राजस्व कार्यालय हरिहर भवन पठाईएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया