रेड पाण्डाको छाला सहित पाँच जना प्रकाउ

काठमाडौं । अबैध बन्य जन्तुको हाड छाला चोरी सिकारी गरी बिक्रि बितरणमा संलग्न भएका पाँच जनालाई  प्रहरीले प्रकाउ गरेको छ । 

का.जि.नागर्जुन न.पा. वडा नं.८ नेपालटारबाट आशिक राई, सन्तोष राई, रमेश पौडेल, मिलन गुरुङ्ग र जनक कुमार चाम्लिङ्ग लाई एकै ठाँउमा प्रकाउ गरेको हो ।

उनीहरु संग भएको झोला चेकजाँच गर्दा दुर्लभ बन्य जन्तु रेड पान्डाको रौ र छाला  भेटिएको हो ।  

प्रकाउ परेकाहरुलाइ आवश्यक अनुसन्धानको लागि जिल्ला बन कार्यालय काठमाडौंमा राखिएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?