बैतडी । केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आइतवार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आइतवार बिहान ६:३० बजे पहिरो खस्दा सडक रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको हो ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।
बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया