काठमाडौं । रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । एमालेका लव श्रेष्ठले ९ हजार ७१८ मत ल्याइ मन्थली नगरपालिकाको प्रमुखमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कार्कीले ९ हजार १२२ मत ल्याएका छन् ।
त्यस्तै, उपप्रमुखमा पनि एमालेकी ईश्वरी बस्नेत विजयी भएकी छिन् । बस्नेतले ९ हजार १६१ मत ल्याएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत मात्र ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया