काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीका उमेदवार टोकबहादुर वाइबा ९ हजार ४ सय ६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल ११ हजार ३०५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार सरिता ढकालले ६ हजार ९२४ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया