केएमसीमा १८ वर्षीय युवतीको मृत्यु, उपचारमा लापरबाही भएको परिवारको आरोप

लोकपथ
861
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा एक किशोरीको मृत्यु भएको परिवारका सदस्यहरुले बताएका छन्। बुधबार छातीमा समस्या भएको भन्दै १८ वर्षीया सोनी साहलाई उनका काका सुरेन्द्र साहले बाइकमा राखेर बुधबार राति ८ बजेतिर केएमसी पुर्‍याएका थिए।

सिराहा स्थायी घर भई संखमुल बस्‍ने सोनीलाई अस्पतालले ८ः३० बजे मृत घोषणा गरेको मृतकका काका सुरेन्द्रले बताएका छन्। उनले भने, ‘म एक्सरेको बिल तिरेर फर्किँदा मृत्यु भएको डाक्टरले बताउनुभयो।’

यसमा अस्पतालको लापरबाही भएको उनको आरोप छ। मृतकका बाबु देवनारायण साहले अक्सिजन लगाउँदा गाह्रो भएको भन्दै सीपीआर लगाउँदै गर्दा मृत्यु भएको बताएका छन्। उनले भने, ुअस्पतालको लापरबाहीकै कारण मेरो छोरीको मृत्यु भएको हो। डाक्टरसँग कुरा गर्दै अक्सिजन लागाउदा गाह्रो भयो भन्दा भन्दा पनि नहटाएर नाकबाट पानी आएर मृत्यु भएको हो।ु

अस्पताल जाँदा घरबाट तीन तला झरेर काकाको बाइकमा आफैं चढेर गएकी सोनीको मृत्युपछि अहिले मृतकका परिवारले अस्पताल प्रशासनलाई आरोपित गरिरहेका छन्।

यस विषयमा अस्पतालको इमर्जेन्सी इन्चार्ज डा. अनु कुष्वाहसँग कुरा गर्न खोज्दा प्रहरी प्रशासनले बुझेर खबर गर्ने भन्दै रोक्न खोजेको छ। अहिले अस्पतालको गेट लगाएर अरुलाई प्रवेशमा रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?