अाज कांग्रेसले सरकारको विरोधमा देशभर प्रदर्शन गर्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अाज सरकारका विरूद्द देशभर प्रदर्शन गर्न लागेको छ । 

वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालार्इ कुल्चदै अधिनायकवादी गतिविधी देखाएको जनाउँदै कांग्रेसले ७७ वटै जिल्लामा खबरदारी प्रदर्शन गर्न लागेको जनाएको छ । 

सरकारले नागरिक अावाजलार्इ छेक्न अनावश्यक ढंगले निषेधित क्षेत्र तोकेर नागरिक अधिकारको हनन गरेको, महंगी रोक्न भूमीका नखेलेको, संसदको सभामूख र उपसभामूख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधानलार्इ कुल्चेर एकै दलका सभामूख र उपसभामूख राखेको तथा सरकारका कामकारबाही पारदर्शी नभएकाले देशैभर प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

संघीय राजधानी काठमाडाैंमा कांग्रेसले दिउँसो साढे २ बजेदेखि शान्तीबाटिका रत्नपार्कबाट प्रदर्शन शुरू गर्ने जनाएको छ। यो खबरदारी जुलुश शान्तीबाटिकाबाट शुरू भर्इ भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभामा परिणत गर्ने कांग्रेसको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?