काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने भएका छन् । उनी कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान जानेछन् ।
उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका छन् ।
दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न गएकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेका हुन् ।
रविभवनस्थित लिंकन स्कुलमा माध्यमिक शिक्षा सकेकी कृतिकाले दिदी पूर्णिकासँगै उच्च शिक्षा अध्ययन गर्न चाहेकाले पूर्वराजाा ज्ञानेन्द्रले दुवैलाई एउटै कलेजमा भर्ना गराउन लागेका हुन् ।
अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकी छिन् ।
हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगेकी हुन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने बस्नेछन् ।
पछिल्लो समय धर्मकर्ममा लागेका पारस साउनभर विभिन्न शिवमन्दिर दर्शन गर्न व्यस्त देखिएका छन् । पारस दर्शनका लागि खप्तड जाने तयारीमा छन्। पारसबाहेकका सपरिवार थाइल्यान्ड जाने भएपछि केही समय निर्मल निवास खाली हुने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र भदौ २ गते नेपाल फर्कने गरी थाइल्यान्ड जान लागेका निर्मल निवास स्रोतले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया