काठमाडौं । वैदेशिक रोजगारीमा जाने तयारीका साथ काठमाडौं आएका बझाङ थलारा गाँउपालिका–१ का २३ वर्षीय करण कुँवर लुटिएका छन् ।
राजधानीको नयाँ बसपार्क मित्रनगरस्थित सडकमा हिँडिरहेको अवस्थामा राति तीन-चारजनाको समूहमा आएका लुटेराहरुले उनको साथबाट एकलाख लुटेका छन् ।
महानगरीय प्रहरी प्रभाग बसपार्कका अनुसार, म्यानपावर कम्पनीलाई बुझाउन ल्याएको एकलाख नगद लुटिएको हो । लुटेरा समूहको खोजी भइरहेको छ ।
यसैबीच, ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित रविन्द्र महर्जनको आरएस हार्डवेयर पसलबाट नगद दुईहजार र पसलमा रहेका धाराका सामाग्रीहरु गरी चारलाख मूल्य बराबरको चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न अभियुक्तको खोजी जारी रहेको जनाएको छ । तर, चोरी र लुटपाट घटना भएको २४ घण्टा वित्दा पनि कोही पक्राउ पर्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया