काठमाडाैं : सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा दीपकराज जोशीलार्इ नियुक्त गर्ने या नगर्ने भन्नेबारे निर्णय लिन अाज दिउँसो २ बजे बैठक बस्न भएको छ।
गत चैतदेखि नै कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च सम्हालिरहेका जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र र उनले गरेका केही निर्णयमाथि सार्वजनिक अालोचना भर्इरहेको छ ।
प्रधानन्यायाधीशमा जोशीकै नाम अनुमोदन गर्न भन्दै यसअघि दुर्इ पटकसम्म संसदीय सुनुवार्इ विशेष समितिको बैठक बोलाएर पछाडि सारिसकेको छ ।
समितिले जोशीको सुनुवार्इ भने सकिसकेको छ । तर, जोशीकै नामलार्इ अनुमोदन गर्नेबारे समितिले टुंगो लगार्इसकेको छैन ।
विशेष समितिमा जोशीलेउ पेश गरेको न्याय क्षेत्रका लागि अावश्यक कार्ययोजना र प्रश्तुतीबाट सांसदहरू असन्तुष्ट रहेको बुझिएको छ ।
प्रमाणपत्र विवादसमेत थपिएपछि सांसदहरूले जोशीमाथि छानबीन गर्नुपर्ने बताएका छन् । जोशीलार्इ प्रधानन्यायाधीशमा नियुक्त गर्ने वा नगर्नेबारे अन्तिम निर्णय लिन समितिका सदस्यहरूले राजनीतिक दलका शीर्षस्थ नेताहरूहरूसँग परामर्श लिर्इरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया