काठमाडौं –फ्लाई दुबईको जहाज सम्भावित दुर्घटनाबाट जोगिएको छ । काठमाडौं विमानस्थलमा चेकजाँचका क्रममा एफजेड ७३७ कल साइनको विमानका चालकले मदिरा सेवन गरेको फेला परेको हो । यही अवस्थामा विमान चलाइएको भए जे पनि हुन सक्थ्यो ।
आइतबार बिहान ९ बजेर ५० मिनेटमा दुबईको लागि उड्नुपर्ने विमानको पाइलटमाथि चेकजाँचका क्रममा मदिरा सेवन गरेको पाइएको थियो । त्यसलगत्तै विमानस्थलका अधिकारीहरुले उडान रोकेका थिए ।
सोहि कारण दिनभर विमान उड्न सकेन र त्यसमा रहेका १ सयको हाराहारीका यात्रु दिनभर अलपत्र परे । साँझ दुबईबाट अर्को पाइलट आएपछि मात्रै राती ८ बजेर २० मिनेटमा विमान दुबईको लागि उडेको छ ।
विमानस्थल कार्यालय स्रोतले बिहान चेकजाँचको क्रममा पाइलटले मदिरा सेवन गरेको पाइएको उडान रोकेको जनाएको छ । उनीमाथि फ्लाई दुबैकै अधिकारीको आग्रहमा चेकजाँच गरिएको पनि बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया