काठमाडौं– काठमाडौंबाट दुबईका लागि उड्न लागेको विमानका चालकले मदिरा सेवन गरेको पाइएको छ । फ्लाई दुबईका पाइलटले मदिरा सेवन गरेकाले उडान रोकिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।
फ्लाई दुबईबाटै आधिकारिक रुपमा आफ्ना विमान चालकको परीक्षण गर्न अनुरोध आएपछि पाइलटको स्वास्थ्य जाँच गरिएको थियो ।
विमानस्थल स्रोतका अनुसार विमान आइतबार बिहान ९ः४० बजे दुबई उड्न लागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया