मासुजन्य पशुहरुको गैरकानूनी रुपमा ढुवानी भइरहेको भन्दै त्यसविरुद्ध सर्वोचच अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता पदब बहादुर श्रेष्ठ र षटकोष श्रेष्ठले पशुपक्षी मन्त्रालयसहित विभिन्न ११ सरकारी निकायलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
रिटमा तराईबाट काठमाडौंमा दैनिक ५०० देखि ६०० वटा सम्म राँगाभैसी, १५०० देखि २००० सम्म खसीबोकाहरु र अन्य मासु जन्य पशुहरुको ढुवानी भै रहेको भन्दै उक्त ढुवानी कानून विपरित रहेको दाबी गरिएको छ ।
रिटमा पशुको ढुवानी गर्दा पशुलाई शरीरमा कुनै पनि असर नपर्ने गरी स्वच्छ वातावरण तथा प्राविधिक दृष्टिकोणले उपयुक्त हुने गरी एक ठाउँबाट अर्को स्थानमा ढुवानी गर्नुपर्ने, पशुको ढुवानी गर्दा कुनैपनि सवारी साधन भित्र हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्यधिक चिसो र तातोबाट बचाई एक आपसमा ठोकिएर अगंभगं नहुने गरी सावधानीपूर्वक ढुवानी गर्ने व्यवस्था तत्काल गर्नु गराउन सम्बन्धित निकायको नाममा परमादेश जारी गर्न माग गरिएको छ ।
यस्तै मासु जन्य पशु, पशुपन्छी र अन्य पशुहरुको समेत अधिकार संरक्षणको लागी पशु कल्याण कानूनको निर्माण गर्नको लागी तत्काल पहल गर्न पनि माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया