काठमाडाैं : मुलुककै पहिलो बैंक नेपाल बैंक लिमिटेडले जारी गरेको एफपीअो बिक्रीमा चर्को समस्या देखिएको छ ।
गत असार १५ गतेदेखि नेपाल बैंकले प्रतिकित्ता २ सय ८० रूपैयाँमा १ करोड ७६ लाख कित्ता एफपीअो बिक्री खुला गरेको थियो । तर, कार्यालय सञ्चालन हुने दिन गत शुक्रबार बेलुकीसम्ममा जम्मा २४ लाख ५१ हजार ९० कित्ताका लागि मात्रै अावेदन परेको छ ।
बैंकको एफपीअोमा कानूनअनुसार न्यूनतम ५० कित्तादेखि १० अंकले भाग लाग्ने संख्यामा सवै कित्ताका लागि अावेदन दिन सक्ने व्यवस्था छ । तर, शेयर बिक्रीको अन्तिम दिन अर्थात अाज (अार्इतरबार) सम्म जम्माजम्मी कूल निष्काशन कित्ताको १३.०७% मात्रै बिक्री भएको छ ।
एफपीअो नबिकेमा बिक्री प्रबन्धकले निश्चित समयका लागि बैंकको संस्थापक शेयरधनी र शेयरधनीक परिवारले अावेदन दिन पाउनेगरि बिक्री खुला गर्नेछ । यति गर्दा पनि एफपीअो नबिकेमा बिक्री प्रत्याभूत गरेका ८ वटा मर्चेन्ट बैंकरले नै शेयर सकार्नुपर्नेछ ।
निष्काशित सबै एफपीअो बिक्री हुन अाज मात्रै झन्डै ५२ लाख कित्तामा अावेदन पर्नुपर्छ । शुक्रबार बेलुकीसम्ममा १ करोड ५२ लाख ३३ हजार ७ सय ३८ कित्ता शेयर बिक्न बाँकी रहेकोमा शनिबार मेरो शेयरबाट केही लगानीकर्ताले अावेदन दिएको हुनसक्ने बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलले जनाएको छ ।
अार्इतबार बेलुकीसम्ममा बैंकले निष्काशन गरेको एफपीअो नबिकेमा बिक्री प्रबन्धकले निश्चित समयका लागि बैंकको संस्थापक शेयरधनी र शेयरधनीक परिवारले अावेदन दिन पाउनेगरि बिक्री खुला गर्नेछ । यति गर्दा पनि एफपीअो नबिकेमा बिक्री प्रत्याभूत गरेका ८ वटा मर्चेन्ट बैंकरले नै शेयर सकार्नुपर्नेछ ।
हाल ३९ प्रतिशत स्वामित्व रहेको सर्वसाधारणको हिस्सा ४९५ पु-याउने गरि बैंकले एफपीओ जारी गरेको हो । नेपाल बैंकको एफपीओलार्इ एनपीओ ग्रेडिङ ३ प्रदान गरिएको छ ।
हाल चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको नेपाल बैंकले एफपिओ निष्कासनपछि ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी पु-याउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया