होटेलभन्दा राम्रो हिरासत कक्ष

सल्यान–सफा र चिटिक्क परेका बेड तथा उज्यालो कोठा भएको  होटेल भेट्टाउन सल्यान सदरमुकाम खलंगामा मुस्किल हुन्छ । यहाँका होटेलभन्दा पनि राम्रो व्यवस्था भएको हिरासत कक्ष तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले तयार पारेको हिरासत कक्षमा सफा, चिटिक्क बेड, उज्यालो छिर्ने कोठा छन् । सदरमुकाममा रहेका होटेलको भन्दा पनि राम्रो बेड रहेको शारदा नगरपालिका मेयर सुरेश अधिकारीले बताए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?