१२९ औं वर्षमा वीर अस्पताल

काठमाडौं : राणा प्रधानमन्त्री श्री ३ वीर समशेरका पालामा स्थापना भएको मुलुककै जेठो वीर अस्पताल अाज (शनिवार) देखि १२९ अाैं बर्षमा प्रवेश गरेको छ । 

सर्वसाधारण जनताका लागि भन्दै श्री ३ वीरले स्थापना गरेको यो अस्पताललार्इ केही अघि निधन भएका बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्य राज्यमन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का रूपमा थप विकास गरेका थिए। 

वीर समशेरले वि.सं. १९४६ साल साउन १२ गते वीर अस्पताल स्थापना गरेका थिए । हालसम्म पनि वीर नेपालको सवैभन्दा ठूलो अस्पताल हो ।

हाल वीर अस्पतालका लागि ६ सय बेड क्षमताको अयाधुनिक भवन निर्माण हुँदैछ । इमर्जेन्सी सेवालार्इ प्रभावकारी र पेपरलेस बनाउने प्रकृया शुरू भएको छ भने अस्पतालको टिकट काउन्टरलाई 'डिजिटलाइज' गरिएको छ । 

हाल वीरमा दुईवटा सिटीस्क्यान मेसिन जडान भएको छ भने एबीजी र इमर्जेन्सी सेवाका लागि अत्याधुनिक मेसिन जडान गरिएको छ । यस्तै, नेपालमै पहिलोपटक ग्याँस्टोमेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा तथा खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने इबस सेवा समेत शुरू गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।। 

कान्तिपथस्थित अस्पतालको पुरानो नर्सिङ क्याम्पस भएको जग्गामा १७ रोपनी जग्गामा ६५० शैयाको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भएको छ । यस्तै, भक्तपुरको दुवाकोटमा ५७० रोपनी जग्गामा १००० शैयाको अस्पताल निर्माणका लागि सरकारले काम अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?