स्थानीय तहको मूल्याङकन कसले गर्ने ?

काठमाडौंँ-स्थानीय निकाय रहँदा त्यहाँ जाने बजेटको वार्षिक रुपमा निश्चित सूत्रको आधारमा कार्य सम्पादन मूल्याङकन हुने भए पनि स्थानीय तह भएपछि भने सूत्रका आधारमा सो कार्य हुन सकेको छैन ।
स्थानीय तहमा केन्द्र सरकारबाट ठूलो मात्रमा बजेट गए पनि त्यसको कहाँ, कसरी खर्च भयो भन्ने यकीन मापन गरी दण्डित र पुरस्कृत गर्ने निकाय निर्माण भएको छैन । साबिक स्थानीय निकायमा रहँदा स्थानीय निकाय वित्तीय आयोगले निश्चित सूचकको आधारमा सबै स्थानीय निकायको कार्य सम्पादन मूल्याङ्कन गर्दै आए पनि अहिले उक्त आयोग खारेज भइसकेको छ ।
राजस्वबाट प्राप्त बजेट प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्न सूत्र निर्धारण गर्ने निकाय राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग भए पनि स्थानीय तहको निश्चित सूचक निर्माण गरी कार्य सम्पादन मूल्याङ्कन भने उक्त आयोगले गर्दैन ।
स्थानीय शासन तथा वित्तीय विकेन्द्रीकरण विज्ञ हेमराज लामिछानेले स्थानीय तहमा खर्च भएको बजेटको मूल्याकङ्न गरी त्यसको आधारमा दण्ड र पुरस्कृत गर्ने आधिकारिक निकाय नहुँदा स्थानीय तहमा गएको बजेट खर्चको लेखाजोखा हुन नसकेको बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?