सरकारको पक्षमा बोल्न सांसदलाई अाेलीकाे निर्देशन

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सांसदहरूलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको पक्षमा खुलेर संसद्मा कुरा राख्न आग्रह गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम र बजेटको बारेमा संसद्मा खुलेर प्रष्ट रूपमा कुरा राखेपछि जनतामा राम्रो सन्देश जाने भन्नुहुँदै प्रधानमन्त्री ओलीले यसका लागि संसदीय अभ्यासमा अभ्यस्त भइसकेका नेताले अगुवाइ गर्नुपर्ने सुझाव दिएकाे प्रधानमन्त्रीको निजी सचिवालले जनाएको छ ।

संसद्का पुराना नेताहरूले नयाँलाई डो¥याएर अगाडि बढाउने काम गर्नुपर्ने धारणा राख्दै सरकारको कामको बारेमा आफ्नो कुरा जवर्जस्त रूपमा राख्न विशेष रूपमा आग्रह गरेकाे बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल काँग्रेसले विभिन्न बहानामा संसद् अवरुद्ध गरिरहेको र त्यसलाई रोक्न पनि भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य एवम् सांसद रामेश्वर राय यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?