काठमाडौं -भारत सरकारले १२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता शुक्रबार नेपाललाई हस्तान्तरण गरेको छ । भारतले पहिलो किस्तबापत २ अर्ब १० करोड ४३ लाख रुपैयाँ नेपाललाई हस्तातरण गरेको हो । विनाशकारी भूकम्प गएकै वर्ष सहयोगको घोषणा गरेको भारतले तीन वर्षपछि मात्रै सहयोग रकमको पहिलो किस्ता नेपाललाई उपलब्ध गराएको हो ।
शुक्रबार भारतीय राजदूत मञ्जिभसिंह पुरीले चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले दिने २५ अर्बको अनुदानको पहिलो किस्तामा यो रकम नेपाललाई प्राप्त भएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।
भारतले उपलब्ध गराएको पहिलो किस्ताको रकम नुवाकोट र गोरखामा व्यक्तिगत आवास निर्माणमा खर्च गरिने सहसचिव आचार्यको भनाइ छ ।राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया