काठमाडाैं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलर १ को बिक्रीदर १ सय १० रूपैयाँ १५ पैसा र खरिददर १ सय ९ रूपैयाँ ५५ पैसा कायम भएको छ ।
युरो १ को बिक्रीदर १२८ रूपैयाँ ९ पैसा, पाउन्डस्ट्रलिङ १ को १ सय ४४ रूपैयाँ २९ पैसा, अस्ट्र्रेलियन डलर १ को ८१ रूपैयाँ २६ पैसा, जापानिज यन १० को ९ रूपैयाँ ९१ पैसा, कतारी रियाल १ को ३० रूपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार शनिबार १ कतारी रियाल साट्दा ३० रूपैयाँ २५ पैसा प्राप्त हुनेछ । यस्तै, युएर्इ दिराम १ को २९ रूपैयाँ ९९ पैसा, मलेसियन रिंगेट १ साट्दा २७ रूपैयाँ ११ पैसा र बहरार्इन दिनार १ को २ सय ९१ रूपैयाँ ४७ रूपैयाँ बिक्रीदर तोकिएको छ।
विनिमयदरअनुसार कुवेती दिनार १ को नेपाली रूपैयाँसँगको बिक्रीदर सबैभन्दा बढि अर्थात ३ सय ६३ रूपैयाँ ७० पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया