टोखामा गरिएको गाँजाखेती प्रहरीले फाँड्यो

काठमाडौं– राजधानीको टोखा नगरपालिकास्थित झोरमा गरिएको गाँजा खेती  फडानी गरिएको छ । महानगरीय प्रहरी प्रभाग टोखाले झोरस्थित गैरीगाउँ भन्ने स्थान नजिकै गरिएको गाँजाखेती फडानी गरेको हो ।
महानगरीय प्रहरी प्रभाग टोखाका प्रमुख सई खेमानन्द पंगेनीको नेतृत्वमा गएको प्रहरी टोलीले  सो गाँजा फडानी गरेको हो । गाँजा फडानीमा टोखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारी समेत सक्रिय बनेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?