धादिङ– पृथ्वीराजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरे स्थित सडकबाट कार आज त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ ।
धादिङबाट पोखरा जाँदै गरेको बा१४च ३७५८ नम्बरको कार सडकबाट त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुवेदीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
तीन जना सवार कारमा दुई जना भने पौडिएर बाँच्न सफल भएका छन् । दुर्घटनामा कारका चालक रामेछापका सानुबाबु सुनुवार र ललितपुर इमाडोलका शैलेन्द्र राउत घाइते भएका छन् ।
तीब्र गतिका कारण अनियन्त्रित भई त्रिशुली नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया