चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खसेर भएको दुघर्टनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ भने घाइतेको सङ्ख्या १७ पुगेको छ ।
चितवनको इच्छा मनकामना गाउँपालिका–३ को चुम्लिङटार सडक खण्डमा ना ६ ख २५०६ नम्बरको बस सडकबाट सय मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका मध्ये ३ को सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा पाल्पा बेगनासकालिका गाउँपालिकाका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिकाका– ५ बस्ने २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ भन्सार बस्ने २७ वर्षीया कमला श्रेष्ठ, काठमाडौँका ३० वर्षीय रवीन गुरुङ, तनहुँ केशवटारका ४० वर्षीय बाबुराम तिवारी र भारतको बेतिया घर भएका फिरोज मिया रहेका छन् ।
त्यस्तै, एक महिला र एक बालकको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, छाउनी अस्पताल र गजुरी अस्पतालमा एक—एक जनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया