काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीले फेरि पनि अनसन बस्नु नपरोस् भनेर सरकार र सांसदलाई आह्वान् गरेका छन् ।
नौ बुँदे सहमति गरेर तोडिएको अनशन नै केसीको अन्तिम अनशन होस् भन्नेमा सरकारको ध्यानाकर्षण गरे ।
शुक्रवार बसेको संसदको बैठकमा बोल्दै उनले एउटै मान्छे पटकपटक एउटै विषयमा अनशन बस्नु राष्ट्रकै लागि लज्जास्पद विषय भएको भन्दै आगामी दिनमा यस्तो नहोस् भन्ने कुरामा उनले जोड दिए ।
डा. केसीसँग सहमति गरेकोमा सरकारलाई धन्यवाद समेत दिएका छन् ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, ‘हामी सम्झौता गर्छौं तर, पालना गरिरहेका छैनौं ।
त्यसैले यो पटक अनशनको श्रृङ्खलालाई अन्तिम बनाऔं । आज जे कुुरा सरकारको तर्फबाट संसदमा पेश गरिएको छ, संसदको सम्पत्ति भएको छ । हामी सरकार र संसदमाथि विश्वास गर्छौं ।’
‘यो पटक डा. केसीलाई पनि हार्न दिन्नौं र हामी आफू पनि हार्दैनौं, जे सम्झौता भएको छ, त्यसअनुसार सरकारले पनि जिम्मा लिन्छ, नेकपाले पनि जिम्मा लिन्छ ।’, उनले भने ।
कांग्रेस चिकित्सा शिक्षा अध्यादेशका कारण नैतिक बन्धनमा बाँधिएको भन्दै उनले सहमतिअनुसार संसदबाट कानुन बनाउन पूर्ण सहयोग गर्ने वचनसमेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया