चितवन । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यलाय चितवनका प्रमुख, प्रहरी उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिएको हो ।
बस सडकखण्डबाट करिब १ सय मिटर तल खसेको थियो ।
अहिलेसम्म २३ जनाको उद्धार गरिएको छ । अन्य यात्रुको उद्धार जारी रहेको प्रहरी नायव उपरीक्षक ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया