एजेन्सी : उत्तर कोरियाली कोरियाली युद्धमा मारिएका अमेरिकी सेनाको अस्थि फिर्ता गरेको छ ।
उत्तर कोरिया र अमेरिकीबीचको कुटनीतिक सम्बन्धमा विकास भएपछि उत्तर कोरियाले मृत अमेरिका सेनाका अंगहरू फिर्ता गरेको हो ।
दक्षिण कोरियास्थित अमेरिकी सैनिक आधार शिविरमा अमेरिकी सैनिकका अस्थिलाई सम्मानपूर्वक पु-याइएको छ ।
तिनका परिवारले आफ्ना प्रियजनको अस्थि पाउने आशमा रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरको शिखर वार्तामा यस्ता कार्य एकआपसमा अगाडि बढाउने सहमति भएको थियो ।
उनीहरूबीच कोरियाली प्रायः द्वीपलाई परमाणु मुक्त बनाउने सम्झौताका साथ अन्य आपसी विश्वास बढाउने सहमति भएको थियो ।
कोरिायाली युद्ध १९५०–१९५३मा चलेर बिना कुनै शान्ति सम्झौता स्थगित भएको थियो ।त्यस क्रममा मारिएका अमेरिकी सेनाको अस्थिको परीक्षण गरिने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया