नयाँ संरचनामा सशस्त्र प्रहरी

काठमाडौं – अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयाँ संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ ।

सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयाँ संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका साथै ७७ जिल्लामा आफ्नो उपस्थितीलाई मजवुत बनाएको छ ।

यसअघि गैरसैनिक संरचनामा रहेका केही कार्यालयलाई समायोजन गरी चेनअफ कमाण्डलाई नयां संरचनाले मजवुत बनाएको छ ।  

प्रदेश प्रहरी र संघीय प्रहरीबीच कानुन कार्यान्वयनमा मतभेद भयो भने पनि सशस्त्र प्रहरी बलले पुलको काम गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?