मध्यरातमा तोडियो गोविन्द केसीको अनसन (सहमतिपत्रसहित)

काठमाडौं– चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको अनसन तोडिएको छ । बिहिबार राती उनको अनसन तोडिएको हो ।

केसी  २७ दिन देखि अनसनमा रहेका थिए ।   केसीको मागका सम्बन्धमा सरकार र केसी पक्षीय वार्ता टोलीबीच प्रधानमन्त्री निवास  बालुवाटारमासहमति जुटेसँगै केसीले बिहिबार राती अनसन तोडेका हुन् ।  केसीका मागका सम्बन्धमा बिहिबार अबेरसम्म  विवादित विषयमा सहमति जुटाउन बालुवाटारमा  प्रधानमन्त्रीकै उपस्थितिमा  वार्ता भएको थियो । सो वार्तामा सहमति जुटेसँगै केसी अनसन तोड्न राजी भएका हुन्  ।

केसीले अनसन तोडेसँगै त्रिवि शिक्षण अस्पतालकै आईसीयूमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेको बताइएको छ । उनले माग पूरा नभएसम्म स्वास्थ्य परीक्षण गराउन समेत अस्वीकार गर्दै आएका थिए ।

केसीसँग भएका २सहमति यस्ताे छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?