काठमाडौं–केपी शर्मा ओली नेतृत्वको सरकारले कागजको ठाउँमा म्याकबुक ऐरको प्रयोग थालेको छ । मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नितिअनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका हुन् । सो प्रयोग आजको क्याबिनेट बैठकमा गरियो ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद्को बैठक कागजबिहिन हुने क्रममा रहेको बताए ।
मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो । सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरिएको बताइएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया