काठमाडौं सरकार र डा केसीको वार्ता टोलीबीच फेरि ९ बुँदे सहमति भएको छ।
माथेमा प्रतिवेदन अनुसार सहमति गरेर बालुवाटारबाट वार्ता टोली अनशनस्थल गएको छ।
केसीले भने बमोजिम भएकाले आजै अनशन तोड्ने तयारी छ ।
यसअघि भएको सात बुदे अनौपचारिक सहमतिमा डा केसीले विमती जनाएपछि ९ बुँदे सहमति भएको हो।
तर सरकार र डा. गोविन्द केसीबीच भएको भनिएको सहमतिले पूर्णता पाउन सकेन ।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेमा सहमति हुन नसकेको हो ।
अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय बनेका थिए ।
उनले बुधबार साँझको वार्ता विफल भएपछि आफ्नै सक्रियतामा केसी पक्षसँग मध्यरातमा बालुवाटरमा छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया