अर्को वर्ष फेसबूकले लन्च गर्दैछ स्याटालाइट, अफलाइन प्रयोगकर्ता पनि जोडिने

अमेरिका । फेसबूकका अरबौं प्रयोगकर्ता अफलाइन छन् । यी प्रयोगकर्तालाई कनेक्ट गर्ने योजनाका साथ फेसबूकले आफ्नै स्याटलाइट लन्च गर्ने तयारी गरेको छ । स्याटालाइटलाई सन् २०१९ को शुरुवातसम्म लन्च गरिने योजना बनाइरहेको खबर छ ।

रिपोर्टका अनुसार अमेरिकी संघीय संचार आयोग समक्ष फेसबूकले आवेदन दिएको छ । आवेदनका अनुसार प्रोजेक्टका माध्यमबाट संसारभर कुशलतापूर्वक ब्रोर्डब्याण्डको पहुँच प्रदान गर्ने गरी डिजाइन गरिएको छ ।

फेसबूक स्याटालाइटका माध्यमबाट इन्टरनेटको पहुँच बनाउनेको दिशामा काम गर्ने काम गर्ने एक्लो कम्पनी भने होइन । अन्य कम्पनीले पनि स्याटालाइटका माध्यमबाट विभिन्न सेवा सुविधा दिँदै आएका छन् ।

फेसबूकका एक प्रवक्ताले भनेका छन्, ‘अहिले यो परियोजनालाई सर्वव्यापी बनाउन हामीसँग सीमित परियोजना छन् । हामीले स्वीकारेका छौं, स्याटेलाइट टेक्नोलोजी अघिल्लो पिँढीको ब्रोडब्याण्डसंरचनामध्ये एक महत्त्वपूर्ण आधार हुनेछ ।’

स्याटालाइटका माध्यमबाट अब फेसबूक ग्रामीण इलाकामा पनि ब्रोडब्याण्डका माध्यमबाट सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?