वामदेव गौतमले साँठगाँठ गरेका होईनन् : नेकपा

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भई नेकपा गठन भएपछि दुबै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको नेकपाले स्पष्ट पारेको छ ।

सञ्चार माध्यममा आएजस्तो तत्कालिन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि वामदेव गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेकाजस्ता भ्रामक कुराहरुप्रति आपत्ति जनाउदै उसले विज्ञप्ती निकालेको हो । 

विज्ञप्तीमा भनिएको छ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधान र पार्टी सञ्चालन सम्बन्धी कार्यविधि पार्टीबाट अनुमोदन भई प्रकाशनमा गएको छ । पार्टीले हालसम्म ती दस्तावेजहरु सार्वजनिक गरेको छैन ।

तर, विभिन्न सञ्चारमाध्यममा विधानका धाराहरु उल्लेख गर्दै त्यसमा रहेका कार्यकाल, उमेरजस्ता विषय भनी समाचार प्रकाशनरप्रशारण गर्ने क्रम देखिएको छ । 

विशेषतः पार्टीका केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमको उमेरसँग सम्बन्धित विषयमा आधारित भएर त्यस्ता समाचार आउने क्रम देखिएको भन्दै नेकपाले पार्टीले जे–जे जिम्मेवारी र भूमिका तय गर्छ, त्यसअनुरुप काम गर्न तयार भएर उहाँ हाल वरियताको पाँचौ स्थानमा रहनुभएको स्पष्ट पारेको छ ।

वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय भन्दै नेकपाले भनको छ, कम्युनिष्ट पार्टीमा काम गर्नका लागि कहीँ पनि उमेरको हदबन्दी लगाउने गरिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?