जडिबुटी चिन्नेले यसरी गरे जेलमा विषको परीक्षण !

वैशाख २१ गते राति नख्खु कारागारभित्र मृत्यु भएको भनिएका कर्तब्य ज्यान र जबर्जस्ति करणी मुद्धामा (२०बर्ष) कैद भुक्तान गरिरहेका ३२ वर्षिय भक्त बहादुर सुनारको हत्या भएको पुष्टि भएको छ।

बर्दिया स्थायी घर भएका भक्तबहादुर सुनारको कैद भुक्तान गरिरहेका अभिषेक सिंहले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

बाँके  नेपालगञ्ज उपमहानगरपालिका  वडा न.४ बाग्येश्वरीका 'सिरियल किलर' अभिषेक सिंहको नेतृत्वमा नख्खु कारागारमा  कैद भुक्तान गरिरहेका सप्तरी जिल्ला बैरवा गाउपालिका वडा नं. ८ का ३५ बर्षिय मनोज कुमार चौरसिया  र दोलखा बैतेश्वर गाउपालिका वडा नं. ६ का ३० बर्षिय ध्रुबकृष्ण शर्मा मिलेर सुनारको हत्या गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। 

मृतक सुनार प्रेमिकाको हत्यामा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका थिए।

कारागारभित्रका चौकीदार र जेलरको योजनामा हत्या भएको हुनसक्ने मृतकका परिवारले प्रहरीमा दिएको उजुरीमा उल्लेख थियो।

हत्यामा मुख्य योजनाकार सिंह चार वटा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्ति हुन्।

सिंहले बिगतमा गरेका तीन वटा हत्या (सुर्खेत,भक्तपुर,जनकपुर, रुपन्देही )जिल्लामा गरेको ज्यान मार्ने उद्योगमा समेत बिषादीको प्रयोग गरी घटना घटाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?