तस्वीरमा हेर्नुहोस् पर्यटकीय क्षेत्र भनिएको ‘भद्रगोल’ ठमेल

काठमाडौं । काठमाडौंको ठमेलमा फाट्टफुट्ट पर्यटक यताउता गरिरहन्छन् । पर्यटकलाई मध्यनजर गर्दै ठमेलकामुख्य सडकलाई ‘वाकिङ स्ट्रिट’ बनाउने भन्दै यो क्षेत्रमा सवारी निषेध समेत गरियो ।

सवारी त निषेध गरियो तर ठमेलको पर्यटकीय क्षेत्रको अवस्था स्तरीय बन्न सकेको छैन । ठमेलका भित्री तथा मुख्य सडक एकैछिन डुल्ने हो त्यहाँको वास्तविकता स्पष्ट हुन्छ । सडकको अवस्था लापरवाही हुँदा ठमेलवासी त प्रभावित छन् नै । पर्यटकहरुलाई पनि उत्तिकै सास्ती खेप्नुपरेको छ ।

ठमेलको सडकका कारण नेपाल घुम्न आउने पर्यटकलाई पनि नकारात्मक असर परेको छ ।

वर्षायाममा भत्काइँदै गरेको सडक र अव्यवस्थित पसलका कारण ठमेल घुम्न आउने पर्यटकले सास्ती बेहोर्नुपरेको स्थानीय बताउँछन् ।

ठमेलमै पर्यटक लुगा बेच्ने एक युवा व्यापारी निरज केसीले ठमेललाई समयमै व्यवस्थित गर्नुपर्ने धारणा बताउँछन् । ‘सबै ठाउँमा नभनौं, तर यहाँका धेरैजसो सडक निकै अव्यवस्थित छन्, काठमाडौं त यस्तै भइहाल्यो, कमसेकम पर्यटकीय क्षेत्रलाई राज्यले व्यवस्थित गरिदिए हुन्थ्यो ।’, उनले भने ।

सडकको बीचमै निर्माण साम्रगी थन्काइएका कारण पर्यटकलाई मात्र होइन, ठमेल पुग्ने नेपालीले पनि सास्ती झेल्नु परेको छ । पर्यटकीय क्षेत्र भनिएको ठमेलका केही तस्वीरले नै ठमेलको वास्तविकता झल्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?