५ महिनापछि राजपाले छान्यो राज्यमन्त्री

जनकपुरधाम-प्रदेश २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ । सुरेश मण्डल, डा. डिम्पल झा र अविराम शर्माले बुधबार राज्यमन्त्रीको शपथ लिने तयारी छ । राजपाको सोमबार बसेको बैठकले डा. झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?