हुण्डी कारोबार गरेको आरोपमा व्यापारी पक्राउ

काठमाडौं । हुण्डीको कारोवार गरेको अभियोगमा सोमवार न्यूरोड र कुलेश्वरका पाँचजना ब्यापारी पक्राउ परेका छन् । 
महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ हुण्डी कारोवारीहरुको साथबाट ५३ लाख १९ हजार नगद र २३ लाख १३ हजारको चेकहरु बरामद गरिएको जनाएको छ । 

पक्राउ पर्नेहरुमा मां चामुण्डा फ्रुटका सञ्चालक विजय गुप्ता, रिभरसिटी सहकारीका कर्मचारी दिपक श्रेष्ठ, ब्राइन इन्टरनेसनलका कर्मचारी सुजीत पाण्डे, ब्यापारी अंकीत अग्रवाल, पुजन छाला जिमी, रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?