नेपालगञ्ज । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बांके जिल्लाको नेपालगञ्ज स्थित राँझामा नवनिर्मित सैनिक अस्पतालको आज उद्घाटन गरेका छन् ।
बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि स्थापित उक्त अस्पताल ५० बेड क्षमताको छ ।
मिति २०७४ बैशाख ३ गतेबाट १४ रोपनी ८ आना क्षेत्रफलमा भवन निर्माण शुभारम्भ गरिएकोे थियो । यस अस्पतालमा जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरुका अतिरिक्त एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गरिने भएको छ ।
प्रधानसेनापति क्षत्रीले बांके जिल्लामा तैनाथ श्रीमेहर गण, ४ बाहिनी अड्डा तथा डोटी जिल्लामा तैनाथ सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया