काठमाडौं । चोरीका गरगहना तथा मोवाइल सेटहरु खरिद गर्न भारतीय नागरिकहरुले राजधानीमा कोठा भाडामा लिएर बस्ने गरेको पाइएको छ । चोरीमा संलग्न एक समूह सोमवार पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, चाटारस्थित शम्भुप्रसाद अधिकारीको घरमा भएको चोरी घटनाका मुख्य योजनाकार सर्लाही हरिवनका आयुष कार्की र लमजुङ दोषीका विश्व गुरुङको पक्राउसंगै चोरीका सामान खरिद गर्न कोठा भाडामा लिएर बस्ने भारतीय नागरिक पनि पक्रााउ परेका छन् ।
प्रहरीले भारत कोलकत्ता घरभइ हाल गणेशस्थान बस्ने सुनिल राउत, किलागल बस्ने खोकन मल्लीक र मनोरञ्जन मण्डल पक्राउ परेका छन् । यी दुईजना चोरीको सामान खरिद गरी भारत निर्यात गर्न राजधानीमा नै कोठा लिएर बसेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले बताउनु भएको हो ।
अभियुक्त कार्की र गुरुङले राजधानीका विभिन्नस्थानबाट आफूले चोरी गरेको सुन तथा चाँदीको गरगहना र महंगो मोवाइल सेटहरु यी तीनजनालाई विक्री वितरण गर्ने गरेको वयान दिएपछि महानगरीय प्रहरी भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।
किलागलस्थित मनोरञ्जन मण्डलको कोठाबाट एकलाख ६६ हजार नगद, चाँदीको पाउजु, सिक्री, रिङ, स–साना सुनका टुक्रा गरी १५ तोला बरामद गरेको प्रहरीले जनाएको छ । यो समूहले चाटारस्थित शम्भुप्रसाद अधिकारीको घरबाट चोरी गरेको गरगहना समेत खरिद गरेको पाइएको छ ।
नेपाली अपराधिहरुले सुन तथा चाँदीको विभिन्न गरगहना र मोबाईल सेट चोर्ने र चोरीको सामान ती तीनजनालाई विक्री वितरण गर्छन अनुसन्धानमा संलगन प्रहरी अधिकारीका अनुसार, ती तीनजना भारतीय नागरिकले सुन गालेर र मोवाइल सेट झोलामा बोकेर भारत पु-याउने गर्छन ।
उनीहरु चोरीका सामान खरिद गर्नकै लागि काठमाडौंमा कोठा भाडामा लिएर बस्ने गरेको परिसरका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।
त्यसैगरी हत्याराको अभियोगमा रामेछाप दोरम्बाका तीनजनालाई प्रहरीले सोमवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रमेश दुरैली विक, गोपाल दुरैली विक र सुजत भन्ने सुजन दुरैली विक छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार, २०७० सालमा राजधानीमा भएको एक हत्या घटनामा तीनैजना अभियक्त फरार अवस्था थिए । मुख्य अभियुक्त मानबहादुर दुरैली विक भने यसअघि पक्राउ परिसकेका छन् ।
उनीहरुलाई कानुनी कारवाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई प्रहरी हिरासतमा राखिएको परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया