रोकिएन ट्रिपर आतंक, बनेपामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । 

काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाइ बनेपाको चारदोबाटोमा ठक्कर दिएको हो । 
घटनापछि बनेपा बजार तनावग्रस्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार मृतक मोटरसाइकल चालकको सनाखत हुन नसकेको जानकारी दिएको छ । 

घटनापछि आक्रोशित सर्वसाधारणले ट्रिपरमाथि आगजनी गरेका छन् भने ठक्कर दिने ट्रिपर चालकलाई इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?